पर्यटकीय गन्तव्यमा देशदर्शनका १६ नयाँ बस
काठमाडौं– कोरोना महामारीकै बीचमा पर्यटकीय गन्तव्य लक्षित १६ वटा नयाँ बस सञ्चालनमा ल्याइएका छन् ।
१२ करोड रुपैयाँको लगानीमा देशदर्शन बस सेवा कम्पनीले काठमाडौंबाट विभिन्न स्थानका लागि पर्यटकीय बसहरु सञ्चालन गरेको हो । ती बस दिउँसो र राति दुवै समयमा सञ्चालन गरिने कम्पनीका सञ्चालकको भनाइ छ । अहिले काठमाडौंबाट झणडै १ सय वटा पर्यटकीय बसले पर्यटनस्थलहरुतर्फ यात्रीसेवा उपलब्ध गराउँदै आएका छन् ।
कोरोना संक्रमणअघि यस्ता बसले दैनिक दैनिक ३ हजारदेखि ४ हजारसम्म स्वदेशी र विदेशी पर्यटकलाई यात्रा गराउँदै आएका थिए । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा बस सञ्चालनमा बेलाबेला समस्या हुने यरेको पर्यटक बस व्यवसायीको गुनासो छ ।
प्रतिक्रिया राख्नुहोस्