बल्ल बन्न थाले स्वास्थ्य चौकी भवनहरु
दोलखा-दोलखामा भारतीय सहयोगमा १७ वटा स्वास्थ्य चौकी पुन:निर्माण हुने भएको छ भने नेपाल सरकारले निर्माण गरेको ७ वटा स्वास्थ्य चौकी निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
२०७२ वैशाख १२ गतेको भुकम्पले स्वास्थ्य संस्थाको भवन क्षतिग्रस्त बनेपछि नेपाल सरकार र भारतीय सरकारले भुकम्प गएको ५ वर्षपछि पुननिर्माणको काम थालेको हुन।
भारतीय सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको १७ वटा स्वास्थ्य चौकी भवनमध्ये २ वटा ठेक्का मार्फत प्रक्रिया अगाडि बढेको छ भने बाँकी १५ वटाको केन्द्रिय आयोजना कार्यन्वयन भवनबाट स्वीकृत भएर आउन बाँकी रहेको जिल्ला आयोजना कार्यन्वयन इकाई भवनका सुचना अधिकारी एवं इन्जिनियर अनन्त पौडेलले बताउनुभयो ।
त्यस्तै नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ मा पुननिर्माण थालेको ९ वटा मध्ये १ वटा काम सम्पन्न भएको छ भने ६ वटाको ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी २ वटाको जग्गा विवादका कारण यसवर्ष पुननिर्माण गर्ने योजना रहेको सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
असार मसान्तमा सकिसक्नुपर्ने भएपनि कोरोना र पहिरोका कारण निर्माण सामाग्री लैजान समस्या भएको कारण ढिलाई भएको ठेकेदारहरुको भनाइ छ ।
भारत सरकारको करिब ५६ करोडको लागतमा निर्माण हुने १७ वटा स्वास्थ्य चौकी बहुबर्षीय ठेक्का मार्फत डेढ तल्लाको वर्थिङ सेन्टर सहित निर्माण हुने इनियर डेनिस उप्रेतीले बताउनुभयो ।
त्यसैगरी सरकारको करिब ११ करोडको लागतमा निर्माणाधीन ७ वटा स्वास्थ्य चौकीमध्ये मालुमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माणको काम सम्पन्न भएको छ भने ६ वटाको चैत्र सम्ममा सक्ने गरी काम भइरहेको आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
दोलखामा भुकम्पपछि ५२ वटा स्वास्थ्य संस्था भत्किएपछि कोरोना संक्रमणको बेला पनि प्रि-फ्याबबाट बनेका अस्थायी सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्