‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्द हटाउने निर्णय फिर्ता लिन निर्देशन

विजय सुब्बा र नवराज सिलवालको फिर्ता

काठमाडौं- संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समितिका सभापति शशी श्रेष्ठले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताउनुभयो ।

समितिको निर्णयमा सत्तारुढ दल नेकपाका दुई जना सांसदहरु विजय सुब्बा र नवराज सिलवालले फरक मत राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.