पाकिस्तानमा बिहेका लागि मापदण्डः समारोमा भाग लिने सबैको ज्वरो परीक्षण अनिवार्य

पाकिस्तान– पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६ सय ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८ सय ३९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् । त्यसैगरी पाकिस्तानमा कोरोना भाइरसका कारण हालसम्म छ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ । सङ्क्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

वैवाहिक समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफैं झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्ने लगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ । साथै आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बर लगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.