रोल्पामा अलैंची खेती विस्तार हुँदै

रोल्पा- केहि वर्ष अघिसम्म पूर्वी नेपालको पहाडी जिल्लामा मात्र उत्पादन हुने मसला प्रजातिको नगदे बाली अलैची खेती अहिले पश्चिम नेपालका पहाडी जिल्लाहरुमा पनि विस्तार हुन थालेको छ ।

रोल्पा जिल्लामा पनि व्यवसायिक रुपमाअलैंची खेतीको विस्तार सुरु गरिएको छ ।

खेर गैरहेको जमिनमाअलैंची खेती गरी प्रशस्तआम्दानी गर्न सकिने भएकाले नगदे वालीको रुपमा लोकप्रिय रहेको अलैंची खेतीमा किसानहरु आकर्षित भएकाहुन् ।

यसबाट छिटै आम्दानी लिन सकिने भएकाले अलैंची खेतीमा लागेको सुनिल स्मृति गाउँपालिका–६ धौलिगाउँका किसान दिलबहादुर महराले बताउनुभयो ।

यसअघि सुन्तला र मौरीपालन गर्दै आएका महराले अहिले अलैंची खेती पनि सुरु गर्नुभएको छ । पछिल्लो वर्षहरुमाअलैंचीको विस्तारका लागि वर्षेनी ५० देखि ८०हजार अलैंचीको विरुवा कृषकहरुलाई वितरण गरिएको कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख भरत पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै व्यवसायिक रुपमाअलैंची खेती विस्तारकालागि कृषि ज्ञान केन्द्र रोल्पाकैअनुदानमा जिल्लाको लिबाङ र जेलबाङमाअलैंची नर्सरीको स्थापना गरिएको छ ।

जिल्लाका सुन छहरी, सुनिल स्मृति, माडी गाउँपालिका र रोल्पा नगरपालिकामा अलैंचीको व्यवसायिक खेती सुरु गरिएको छ ।

अघिल्लो वर्ष रोल्पामा १ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती यस वर्ष दोब्बर बढी क्षेत्रफलमा विस्तार गर्ने कृषि ज्ञान केन्द्रको लक्ष्य रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.