हिउँद लागेसँगै चल्न थाले ग्रामिण सडकमा डोजर

धादिङ- जिल्लामा ग्रामीण सडकहरुको स्तरोन्नतीको कामले तिव्रता पाएको छ ।

हरेक वर्ष हिउँदमा धुलो र वर्षातको समयमा हिलोका  कारण सवारीका साधनहरु संञ्चालनमा निकै कठिनाइ हुने गरेकोमा सडकको स्तरोन्नतीपछि अब भने सो समस्याबाट मुक्त हुने आशामा छन यहाँका स्थानीय ।

जिल्लाका धेरै जसो सडकमहरु अब बाह्रै महिना सवारी साधन सुचारु गराउने उदेश्यकासाथ स्तरोन्नतीको काम अघि बढाइएको जनप्रतिनिधिहरुको भनाइ छ ।

यसै क्रममा धादिङको सदरमुकामको सिमानामा जोडिएको ज्वालामुखी गाउँपालिकामा रहेका सबै कच्ची सडकहरुको स्तरोन्नतीको काम भएको हो । पहिलो चरणमा गाँउपालिका भित्र रहेका मुख्य सडक स्तरोन्नतीसहित ग्राभेल गर्ने काम सुरु भएको छ ।

गत बर्षको तुलनामा हेर्ने हो भने गाँउपालिका भित्रका सबै जसो सडकहरुमा अहिले बाह्रै महिना सवारी सुचारु हुने अवस्थामा छ ।

यसैगरी  आगामी वर्ष सम्ममा सबै सडक ग्राभ्ल गर्ने र मुख्य सडक कालो पत्रे गर्ने लक्ष्य रहेको गाउँपालिकाका कार्यकारी प्रमुख बद्रिनाथ लम्सालले  बताउनु भएको छ ।

ज्वालामुखी गाउँपालिकाले सडक निर्माण र मर्मतमा मात्र गत आर्थिक वर्षमा  पाँच करोड लगानी गरेको थियो ।

आर्थिक वर्ष २०७७/०७८का लागि सडकको स्तरोन्नती र निर्माणमा गाउँपालिकाले चार करोड रुपैँया मुख्य सडकहरुमा खर्चने योजना बनाएको छ ।

यसरी सडकको स्तरोन्नती गरेपछि बाह्रै महिना ज्वालमुखी गाउँपालिकादेखी धादिङको सदरमुकामसम्म सहजै सवारी साधन चल्नेछन ।

जस्ले गर्दा सो क्षेत्रमा उत्पादित कृषि तथा पशुजन्य उत्पादन पनि सहजै बजारमा विक्रिका लागि पुर्‍याउन सहज हुने स्थानीयको भनाइ छ । सडकको स्तरोन्नती पछि गाउँपालीकाबाट केही घण्टामा नै सदरमुकामसम्म पुग्न सकिनेछ ।

गत आर्थिक वर्षमा सत्र किलो मिटर सडक स्तरोन्नती गर्ने लक्ष्य राखेको यो गाउँपालिकाले १२ किलो मिटर सडक स्तरोन्नती गरिसकेको छ  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.