परम्परागत कोलको प्रयोगबाट तेल पेल्छन डोटेली

डोटी- डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोल ( स्थानीय भाषामा कोलु) को प्रयोग हुने गरेको छ ।

कोलमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै विद्युत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलको प्रयोग गर्ने गरेका छन् ।

जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परमपरागत कोलको प्रयोग हुँदै आएको छ । काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोल लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आधुनिक मिलका कारण कोल अधिकांश ठाउँमा बन्द भइसकेका छन् तर हाम्रा गाउँघरमा अहिले पनि चलिरहेको छ । आधुनिक मिल भन्दा कोलमा पेलेको तेल सफा शुद्ध र राम्रो हुन्छ ।” नयाँ पुस्ताले कोलुलाई बिर्षदै गएको भए पनि कोलबाट पेलिने तेल निकै अग्र्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

उहाँले कोलुलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाइने जानकारी दिनुभयो । ठूलो काठ तथा ढुङ्गामा ठाडो काठलाई राखेर त्रिकोणात्मक रुपमा राखेर तीनदेखि चार जनाले एकै चोटी हातले धकेलेर कोलमा तोरी पेल्ने गरिने भएकाले तेल पेल्न निकै समय लाग्ने गरेको स्थानीयवासीहरु बताउँछन् ।

पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग पनि बढेको तर स्थानीयवासी तोरीलाई कोलु पेल्न रुचाउने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताउनुभयो । स्थानीयवासीका अनुसार कोलमा दिनमा कम्तीमा पनि १० देखि २० लिटर सम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ ।

पछिल्लो समय कोरना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोल पुनः सञ्चालन गर्न थालेका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–४ का हर्कबहादुर बमले गाउँमा पुराना कोल, पानी घट्टजस्ता सामानमा रुची बढेको बताउनुभयो ।

जोरायल गाउँपालिकाका स्थानीयवासी प्रकाशबहादुर रावलले कोरोनापछि बेरोजगार भएका युवाहरु गाउँमा फर्किएर पुराना तथा आधुनिक संरचना निर्माण गर्न थालेपनि यसमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.