ब्राजिलले चीनियाँ खोप प्रयोग नगर्ने

काठमाडौं- चर्को रुपमा आलोचना गर्दै परिक्षणमा रोक लगाएको घोषणा गरेपनि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस विरुद्धको चीनियाँ भाइरसको क्लिनकल परिक्षण निलम्बन गर्नुलाई जित भएको घोषणा गर्नुभएको छ ।

ब्राजिलमा भइरहेको सो खोपको परिक्षणका क्रममा एक जना स्वयं सेवकको मृत्यु भएपछि रोकिएको थियो । ब्राजिलका स्वास्थ नियन्त्रक एन्भिजाले गत २९ अक्टोबरमा खोप परिक्षणमा संलग्न स्वयं सेवकमाथि सो घटना भएको जानकारी दिए पनि त्यस सम्बन्धी विस्तृत विवरण भने दिइएको छैन ।

खोप निर्माता निकायका प्रमुखले भने ती मानिसको मृत्यु मेडिकल परीक्षणसँग सम्बन्धित नभएको स्थानीय संचार माध्यमहरुलाई जानकारी दिएका छन् ।

राष्ट्रपति बोल्सोनारोले चीनसँग जोडिएकै कारण खोपका विषयमा आलोचना गर्दै आफ्नो मुलुकले सो खोप खरिद नगर्ने बताउनु भयो ।

उहाँले खोप परिक्षणका लागि सहयोग गरिरहेका साओ पावलो र जोआओ डोरियाका गभर्नरहरुको सार्वजनिक गर्नुभएको छ ।

कोरोना विरुद्धको खोपको निर्माण चीनियाँ कम्पनी सिनोभ्याक बायोटकले गरेको हो ।

सो कम्पनीले विश्वभर खोपको अन्तिम चरणको परीक्षण गरिरहेको छ ।

ब्राजिल विश्वमै कोरोनाबाट बढी प्रभावित मुलुक मध्येमा पर्छ ।

ब्राजिलमा हालसम्म ५७ लाखभन्दा बढी मानिसमा संक्रमण भइसकेको छ भने कोरोना संक्रमणकै कारण हालसम्म १ लाख ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.