सदरमुकाम सिमकोट नै सर्‍यो सुनखानी प्रहरी चौकी

हुम्ला- सिमा सुरक्षाका लागि खटिएको हिमालपारीको गाउँ लिमीको सुनखानीमा रहेको प्रहरी चौकी सदरमुकाम सिमकोटमै सारिएको छ ।  चिसो बढेसँगै चौकीमा बस्न नसक्ने भएपछि प्रहरी चौकी जिल्ला सदरमुकाम सिमकोट सारिएको हो ।

वर्षेनी जेठ महिनामा जिल्लाबाट गएर सिमा सुरक्षा प्रहरी चौकी नाम्खा गाउँपालिका–६ लिमीको सुनखानी बस्ने गरेपनि चिसो सुरु भएसँगै जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक सिताराम बिष्ठले जानकारी दिनुभयो।

जिल्ला फर्किएको प्रहरी चौकी जेठ महिनामा मात्रै सुनखानी फर्किने प्रहरी निरिक्षक विष्ठले बताउनुभयो ।

चिसो बढेको र हिमपातपछि फिर्ता आउन कठिन हुने भएसँगै सिमा सुरक्षामा खटिएको प्रहरी चौकी मौसम सफा हुँदैमा जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरी चौकीबाट सीमा क्षेत्र टाढा भएकोले सहजै रुपमा गस्ती जान समेत नसक्ने नाम्खा गाउँपालिका–६ वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

लिमीमा खासै घटना नघट्ने भएकोले पनि प्रहरीबिना समस्या समाधान हुने गरेको वडाध्यक्ष तामाङको भनाई छ ।

सुनखानी प्रहरीचौकी भन्दा बस्ती एक घण्टा टाढाको दुरीमा रहेको भवन प्रहरी चौकी खाली भएको छ । प्रहरी नायब निरिक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भएपनि सात जना प्रहरी यसवर्ष चौकी पुगेका थिए ।

हिमालपारीको गाउँ लिमीमा सीमा सुरक्षामा खटिएका प्रहरी उधारोमा दैनिक उपभोग्य सामाग्री खरिद गर्ने बाध्य भएका छन ।
सञ्चारको पहुँच नभएको र बैंकको सुविधा नहुँदा आर्थिक कारोबार नहुने भएपछि उधारोमै खानुको विकल्प उनीहरुसँग छैन ।

सिमा सुरक्षामा खटिएका प्रहरी चौकीमा उधारो राशनपानीको सबै व्यवस्था गर्नुपर्ने वडाध्यक्ष तामाङको भनाइ छ ।

साँढे ६ महिनामा चौकीमा बस्दा प्रहरीले स्थानीयका ३२ बोरा चामल उधारो खाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.