हराउँदै चौकुने घर

रोल्पा-  रोल्पामा पुराना पुस्ताले बनाएका चौकुने खरका छानाको घर हराउँदै गएका छन् ।

विकासको क्रमसँगै आधुनिक प्रविधिका जस्ता पाता, ढुङ्गाका छाना भएका घरहरु बन्न थालेपछि परम्परगत चौकुने घर हराउँदै गएका हुन ।

यस्ता चारकुने घर पहिले पर्याप्त मात्रामा लत्ता कपडा नहुँने बेलामा हावा र चिसोबाट बच्नका लागि बनाइन्थ्यो ।

यी घरहरु स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो मानिन्छ । चारकुने घर चिसो मौसममा तातो हुने र गर्मीको समयमा समेत धेरै गर्मी हुँदैन ।

चारैतिर छाना हुने भएकाले सुरक्षाको हिसावले पनि यस्ता घर राम्रो हुने स्थानीय कर्मलाल परियारको भनाइ छ ।

पछिल्लो समय जिल्लामा यस्ता चारकुने घर बनाउने दक्ष जनशक्तिको समेत अभाव भएकोले यस्ता घर बनाउने चलन हटेको स्थानीय बुढापाकाहरु बताउँछन् ।

यस्ता घरले पुराना पुस्ताले प्रयोग गरेको पुरानो मौलिकता समेत बचाउँदै आएको छ ।

तर पछिल्लो समय यी घरहरु विस्थापित हुन थालेका छन् । पछिल्लो समयमा यस्ता घरहरु पर्यटकीय हिसावले समेत आकर्षण बन्दै गएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.