सयपत्री फूलमा चितवन आत्मनिर्भर

चितवन– सयपत्री फूलमा चितवन आत्मनिर्भर रहेको फुल किसानहरुले बताएका छन् ।

तिहार लगाएत बिभिन्न कार्यक्रमलाई आबश्यक पर्ने सयपत्री फुल चितवनमा नै उत्पादित फुलले पुग्ने गरेको उनीहरुले बताएका छन् । चितवनमा तिहारलाई लक्षित गरी करिब ३० बिगाहमा सयपत्री फुल लगाइएको र करीब ६० हजार माला उत्पादन हुने गरेको फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तथा किसान प्रकास पन्तले बताउनुभयो ।

चितवनमा सयपत्री फुलखेति गर्ने किसानहरु बिगतको तुलना बृध्दि हुदै गएको उहाँको भनाइ छ । करिब १ बिगाहा जग्गामा गरिएको सयपत्री फुल खेतीबाट ५ लाख आम्दानी हुने गरेको पद्मपुरका किसान कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

यसपालीको तिहारपछि परेकाले फूलहरु ओइलाएका कारण जोगाउनै मुश्किल परेको भनाइ व्यवसायहरुको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.