२४ जना जुवाडे पक्राउ

चितवन- तिहारकाे माैकामा जुवा खेल्दै गरेका २४ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय गितानगरले चितवन २६ गते राति करिव ११ बजे चितवन भरतपुर महानगरपालिका-५ कैलाश नगरस्थित सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको भन्ने सुचनाकाे आधारमा उनीहरूलाइ पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय गितानगरकाे प्रहरी निरिक्षकको कमाण्डमा ९ जनाको टोलीले कौडा खेल्ने २४ जना पुरुष र उनीहरुको साथबाट नगद रु.५,१७,१७५।–(पाँच लाख सत्र हजार एक सय पचहत्तर रुपैँया) र १६ थान कौडा  नियन्त्रण लिएको छ ।

पक्राउ पर्नेहरू सबैलाई जिल्ला प्रहरी कार्यालय चितवन राखिएको र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.