आगलागीबाट १० लाख बराबरको क्षति

खोटाङ- खोटाङमा आगलागी हुँदा साँढे १० लाख वरावरको क्षति भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगोलागी हुँदा भैंसी र बाख्रा जलेर मरेका छन् ।

बुधबार राति स्थानीय घनश्याम फुयाँलको गोठबाट सुरु भएको आगोले एउटा ब्याउने भैंसी र तीन वटा बाख्रा जले । आगोले जल्दा  अरु बस्तुभाउ घाइते भएका छन ।

गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत जल्दा करिब साँढे १० लाख बराबरको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको थियो । यद्यपी आगोलागीको कारण खुल्न सकेको छैन ।

जस्ताको छाना भएकोले घर भने जोगाइएको वडाध्यक्ष शिव फुयाँलले सुनाउनुभयो । वर्ष दिनअघि मात्र विद्युत सर्ट भएर माणिकलाल प्रधानको घरमा आगोलागी हुँदा सोही घरमा रहेको फुयालको स्टेशनरी पसल पूर्णरुपमा जलेको थियो ।

गत मंसिर ३० गते भएको आगलागीमा फुयाँलको १५ लाख बराबरको क्षति भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.