२ हजार लिटर स्यानिटाइजर नष्ट
विराटनगर– अनधिकृत रुपमा उत्पादन गरिएको पाइएपछि एक महिनाअघि जफत गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ ।
विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि नष्ट गरिएको हो । औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर फेला पारेको थियो ।
यसैबीच औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ । अब उत्पादन गर्न नपाइने र बजारमा पठाइएको स्यानिटाइजर समेत फिर्ता ल्याउने गरी मुद्दा प्रक्रिया अघि बढाइएको औषधि व्यवस्था कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्