सहरको सार्वजनिक यातायात व्यवस्थित बनाइन्छः राज्यमन्त्री मानन्धर

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित पारिने बताउनुभएको छ ।

बालाजु तारकेश्वर यातायातको विशेष साधारण सभामा बोल्दै मन्त्री मानन्धरले सहरलाई व्यवस्थित बनाउनका लागि सार्वजनिक यातायातको भूमिका महत्वपूर्ण हुने भएकाले व्यवस्थित रुपमा सञ्चालनका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालकहरु समस्यामा परेको गुनासो आइरहेको र सरकारले व्यावसायीको समस्या समाधानका लागि पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपालको यातायात सञ्चालन प्रणाली कमजोर रहेको बताउँदै मन्त्री मानन्धरले जनताले सहज रुपमा यात्रा गर्न पाउनेगरी सुधार गर्न पनि यातायात व्यावसायीलाई आग्रह गर्नुभयो ।

सरकार जनताको जीवन रक्षाका लागि हर तरहको प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले स्वास्थ्य सावधानीका मापदण्ड अनुसार सवारी सञ्चालन र यात्रा गर्न आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.