अस्पतालका ११ जना संक्रमित भएपछि सेवा बन्द

रोल्पा-रोल्पा अस्पतालमा कार्यरत थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ११ पुगेको छ ।

१ जना डाक्टरसहित ७ जनामा यस अघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा कार्यरत स्टाफमा नै कोरोना देखिएपछि गत ५ दिनदेखि आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा भर्ना भएका एक जना बिरामी रेफर भएलगत्तै नेपालगञ्जमा कोरोना संक्रमण पुष्टि भई ज्यान समेत गएपछि अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीको स्वाब परिक्षण गरिएको थियो ।

परिक्षणका क्रममा डाक्टर र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि सेवा बन्द गर्नु परेको रोल्पा अस्पतालका निमित्त प्रमुख डा. प्रतिभा सुवेदीले बताउनुभयो ।

अस्पतालमा भर्ना भएका अन्य १ जना विरामीमा पनि कोरोना देखिएकाले ती व्यक्ति पनि अस्पतालकै आइसोलेशनमा रहेको डा. सुवेदीले जानकारी दिनुभयो ।

यस्तै तेस्रो पटकको परिक्षणमा पनि विहिवार ४ जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै अस्पतालमा संक्रमित हुनेको संख्या ११ पुगेको छ ।

हाल रोल्पा सदरमुकाम लिबाङमा १७ जना सक्रिय संक्रमित रहेका छन् ।
रोल्पामा हालसम्म १ सय ९४ जनामा कोरोना पुष्टि भएको छ भने ३ जनाको ज्यानगएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.