विदेशीएका जनशक्ति फर्किएसँगै दुर्गममा पनि आधुनिक कृषि प्रविधि
धादिङ- कृषि क्षेत्रमा भित्रिएको आधुनिक प्रविधि धादिङको दुर्गम क्षेत्रहरुमा समेत प्रयोग हुन थालेको छ ।
कम जनशक्ति र थोरै समयमा पनि धेरै काम गर्न सक्ने भएका कारण दुर्गम क्षेत्रहरुमा समेत कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्न थालेको हो ।
यसो त यस वर्ष कोरोना संक्रमणका कारण कृषि कर्म गर्ने समयमा मानिसहरुको भिडभाड कम गर्नका लागि पनि कृषिमा प्रविधिको प्रयोग झनै बढेको छ ।
आजकाल दुर्गम क्षेत्रहरुमा पनि धान रोप्न ,धान काट्न र धान झाँट्नसमेत साना मेशिनहरुको प्रयोग हुन थालेका छन् ।
कोरोना भाइरसको संक्रमणले गर्दा रोजगारीका लागि विदेश पलायन भएका युवाहरु रोजगारी गुमाई स्वदेश फर्केपछि कृषि कर्ममा लागेका छन् ।
जसले गर्दा कृषि क्षेत्रमा काम गर्ने आवश्यक जनशक्ति पुगेकोले पनि प्रविधिको निकै प्रयोग हुन थालेको कृषकहरु बताउँछन ।
डिजेल र पेट्रोलको प्रयोग हुने मेशिनहरुका कारण वाताबरणमा प्रतिकूल प्रभाव पर्ने भएपनि छिटो छरितो र सस्तोमा काम गर्न आधुनकि उपकरणहरु निकै उपयोगी भएको कृषकहरुको भनाइ छ ।
जिल्लाका अधिकांश किसानहरुले गोरु पाल्न छाडेका कारण खेत जोत्ने र खन्ने कामदेखि धान झार्ने काममा समेत आधुनिक मेशिनको प्रयोग हुन थालेको छ ।।
प्रतिक्रिया राख्नुहोस्