देशभर थपिए २१११ जना संक्रमित

पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप २१११ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ संक्रमित भएका हुन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ६ हजार ३ सय ५३ रहेको छ ।

नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० रहेको छ । अहिले ३७ हजार २२ जना आइसोलेसनमा छन् भने ९ सय ८६ जना क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६८१२९ रहेको छ । नेपालमा निको हुनेको दर ८१.५ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप १३ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.