काठमाडौंमा आज कति भए संक्रमित ?
काठमाडौं–काठमाडौं उपत्यकामा गत २४ घण्टामा १२०७ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्लाबाहेक मोरङ, सुनसरी र कास्कीमा धेरै संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ संक्रमित भएका हुन् ।
प्रतिक्रिया राख्नुहोस्