रोमानियाको कोरोना अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

रोमानिया– कोरोना भाइरसका विरामी उपचार गर्ने रोमानियाको एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कयौं व्यक्ति घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
रोमानियाको उत्तर पूर्वी सहर पियत्रा निम्टको एक सार्वजनिक अस्पतालको सघन उपचार कक्षबाट आगलागी सुरु भएको जनाइएको छ । आगलागी भएपछि विरामीलाई उद्दार गर्ने क्रममा अस्पतालका एक चिकित्सक जलेर गम्भीर घाइते छन् ।
रोमानियाका स्वास्थ्य मन्त्रीले स्थानीय सञ्चार माध्यमहरुलाई दिनुभएको जानकारी अनुसार आगलागीको कारण विद्युत सर्ट भएको हुन सक्ने उल्लेख छ ।






प्रतिक्रिया राख्नुहोस्