आजमात्रै थपिए १४७७ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप १४७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६४७६ जनाको पीसीआर परीक्षणमा १४७७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २७९८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने १ लाख ७३ हजार ४ सय ३० जना छन् । नेपालमा निको हुने दर ८२ दशमलव ७ प्रतिशत रहेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३५१२५ रहेको छ ।

नेपालमा आजसम्म १६ लाख ९ हजार ७९ जनाको पीसीआर परीक्षण भएको छ भने पोजिटिभ केस २ लाख ९ हजार ७ सय ७६ जनामा भेटिएको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १२२१ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.