हुम्ला र मुगुमा भारी हिमपात

हुम्ला– हुम्ला र मुगुमा गएरातिदेखि भारी हिमपात भएको छ । हिमपातले हुम्ला, मुगुलगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातले चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । सिमकोटमा तापक्रम ८डिग्री माइनसमा झरेको छ ।

नाम्खा गाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा६का वडाअध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । अब हिमपात सुरू भएपछि लिमिलेलाई सदरमुकाम सिमकोट आवतजावत समस्याा हुने वडाध्यक्ष तामाङले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् ।

हिमपातले चिसो बढे सँगै तिहाराको अन्तिम दिन भाइटीकामा टिका थाप्न जाँदा समस्या भएको छ ।

पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको हुँदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

डोल्पामा हिमपात
डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ ।

भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयवासी बताउँछन् ।

माथिल्लो डोल्पास्थित शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिनुभयो । हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिलेपनि निरन्तर रुपमा हिमपात भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.