‘बेलारुसमा एक हजार जना गिरफ्तार’
बेलारुस– बेलारुसमा भएको विवादस्पद राष्ट्रपतीय निर्वाचनका विषयमा असन्तुष्टि व्यक्त गर्दै हालै भएको प्रदर्शनमा १ हजारभन्दा बढी मानिसलाई गिरफ्तार गरिएको त्यहाँको मानव अधिकार समूहले जनाएको छ ।
विपक्षी दलका कार्यकर्ताको मृत्यु सुरक्षाकर्मीको कुटाईबाट भएको भन्दै बढेको असन्तुष्टि प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शनकारीहरुका अनुसार विपक्षी दलका कार्यकर्ताको बिहीबार सुरक्षाकर्मीको पिटाईबाट मृत्यु भएको हो । तर सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।
लामो समयदेखि बेलारुसमा सत्ता सञ्चालन गरिरहनु भएका नेता अलेक्जेन्डर लुकाकिन्कोले गत अगस्टमा भएको राष्ट्रपति निर्वाचनमा आफू निर्वाचित भएको बताएपछि विवाद बढेको हो । बेलारुसमा भएको निर्वाचन धाँधलीपूर्ण भएको बताइएको छ । गत आइतबार राजधानी मिन्सक र अन्य शहरहरुमा पनि हजारौं मानिस प्रदर्शनमा निस्किएका थिए ।
प्रतिक्रिया राख्नुहोस्