रसुवागढी जलविद्युत् आयोजना निर्माणको काममा तीव्रता (भिडियो)

रसुवा- रसुवामा निमार्णाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माणको कामले तीव्रता पाएको छ ।

हाल विद्युत् गृहमा पानी पठाउने, मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाध्ने र बालुवा थिग्राउन तीनवटा भूमिगत पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको छ ।

आयोजनाको निर्माणस्थलमा २ सय २२ नेपाली तथा ६६ चिनियाँ कामदारले काम गर्दै आएका छन् । सिभिलतर्फको काम ७८ प्रतिशत पूरा भएता पनि कोरोना सङ्क्रमणको जोखिमले भ्वाइट इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम भने प्रभावित भएको आयोजनाले जनाएको छ ।

कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको सो कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा (विद्युत् गृहको पानी बाहिर पठाउने) ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्च टैँक मात्र निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

१ सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार एक सय पचासी मिटर हेडरेस सुरूङ, विद्युत गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पुरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताउनुभयो । १३ अर्ब ६४ करोड रुपैयाँको लागतमा सन् २०१३ देखि आयोजनाको निर्माणको काम शुरू भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.