मोरङमा भन्सार राजस्व संकलन सन्तोषजनक (भिडियो)

मोरङ- विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७७/७८ को पहिलो चौमासिकमा तोकिएको लक्ष्यको ८२ प्रतिशत भन्सार राजस्व संकलन गरेको छ ।

विराटनगर भन्सार कार्यालयलाई पहिलो चौमासिकका लागि १३ अर्ब ६७ करोड ४ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा ११ अर्ब १९ करोड ५८ लाख रुपैया भन्सार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण औद्योगिक वातावरण प्रभावित भईरहेको भएपनि चाडवाडका कारण आर्थिक गतिविधि केही बढेकाले भन्सार राजस्व संकलन सन्तोषजनक रहेको विराटनगर भन्सार कार्यालयका अधिकृत शिव भण्डारीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष ०७६/७७ को पहिलो चौमासिकमा सो भन्सार कार्यालयले तोकिएको लक्ष्यको ६२ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो ।

विराटनगर भन्सार कार्यालयलाई आर्थिक वर्ष ०७७/७८ का लागि ४६ अर्ब १४ करोड ९५ लाख रुपैयाँ भन्सार राजस्व लक्ष्य तोकिएको छ ।-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.