पहिरोबाट बिस्थापितलाई चिसोबाट जोगिनै कठिन

धादिङ- केहि दिन एता एक्कासी चिसो बढेपछि पहिरोका कारण विस्थापित भई अस्थाई टहरामा बस्दै आएका गजुरीका विस्थापितहरु  समस्यामा परेका छन् ।

खासगरी, बालबालिका र बृद्धबृद्धा चिसोका कारण समस्यामा परेका हुन् । यस वर्ष चाडै नै चिसो बढेपछि उनीहरुलाई अब पुस माघमा के गर्ने भन्ने चिन्ता समेत बढेको छ ।

गत श्रावण ५ गते अविरल वर्षाका कारण पुस्तौँदेखि बस्दै आएको थलो चिरा चिरा परेर भासिएका कारण उनीहरु  सुरक्षित स्थानको खोजी गर्दै गजुरी आइपुगेका थिए ।

त्यसो त अहिले अस्थाई टहरा र टेण्टकझ बसाइ निकै कष्टकर भएको विस्थापितहरुको गुनासो छ ।

बालवालिकाहरुलाई जाडोमा लगाउने गतिलो लुगाफाटा समेत नभएको उनीहरुको दुखेसो छ ।

यस्तो अवस्थामा पनि  आफुहरुलाई स्थानीय सरकाले बेवास्था गरेकोप्रति भने विस्थापितहरु झन मर्माहत भएका छन ।

सम्वन्धित स्थानीय तहले स्थाई बसोवासका लागि ब्यवस्थापन गर्ने भनेको भएपनि अहिलेसम्म केहि नभएको गुनासो विस्थापितहरुको छ ।

भुकम्पपछि नै उनीहरु बस्दै आएको पुरानो जमिन चिरिकोमा गत श्रावणको वर्षापछि त बस्नै नमिल्ने गरी जमिन भासिएर घरहरु समेत चर्किँदै भत्कन थालेको थियो ।

पृथ्वी राजमार्ग आसपासमा उत्खनन् गरिएका अबैध खानीका कारण खानीभन्दा माथिल्लो भागमा रहेको गजुरी गाउँपालिकास्थित बाह्रबिसे गाँउ पहिरोको जोखिममा परेको थियो ।

अहिले गाउँका सबै घरहरु विस्थापित भई पृथ्वी राजमार्ग  नजिकैको जमिनमा अस्थाई टहरा र टेण्टमा बस्ती नै सारिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.