ठेकेदारले नटेर्दा सडक निर्माणको काम ठप्प

१०३ किलोमिटरको राँके–रबि–भेरेटार कालोपत्रे सडक अलपत्र

पाँचथर- भौतिक पूर्बाधार तथा यातयात मन्त्रालयको ३ अर्ब ६५ करोड ८४ लाख रुपैँयामा निर्माणधीन सडकको काम ठप्प भएको छ ।

इलाम र पाँचथर जिल्ला सिमाना पर्ने राँके क्षेत्रमा ३ किलोमिटर कालो पत्रे शुरु गरी बन्द रहेको २६ बर्षपछि कालोपत्रे सडक निर्माणले निरन्तरता पाएपछि स्थानीयबासी खुशी भएका थिए ।

पछिल्लो समय कोरोना महामारीको बाहानामा पुन: सडक निर्माणको कामले गति लिन नसक्दा सास्ती खेप्नुपरेको स्थानीयबासिन्दाको भनाइ छ ।स्थानीय सिंहराज नेम्बाङका अनुसार पर्यटकीय कृषि सडकको रुपमा निर्माणाधिन भेरेटार–रबि–राँके सडकको ब्याक कटिङ्, वाल तथा नालीको काम हुँदा नहुदै ठप्प भएको छ ।

पाँचथर, इलाम, तेहथुम, धनकुटा, झापा, मोरङ र सुनसरी जिल्लाबासीलाई आवतजावतमा सहज हुने गरी बनाइएको यस सडक निर्माणकर्ताले सरकारको निर्देशन नटेरेको मिक्लाजु गाउँपालिका अध्यक्ष अमराज माखिमले जानकारी दिनुभयो ।

पूर्वी पहाडी जिल्लाको महत्वपुर्ण सडक भएकोले समयमै सम्पन्न गर्ने लक्ष्य लिएर बिगत दुई बर्षअघि प्रधानमन्त्री केपि शर्मा ओलीले यो सडकको शिलान्यास गर्नुभएको थियो ।

भारतीय एप्को इन्फाटेक निर्माण ब्यबसायीले सुरु गरेको दुई बर्ष बितिसके पनि सडक कटिङसमेत अहिलेसम्म  हुन सकेको छैन ।

यो सडक बनेपछि पहाडबाट तराइ झर्न ७५ किलोमिटर दुरी छोटो हुने र यस भेगका सर्बसाधरणले भरपर्दो सडक नहुँदा जोखिमपुर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.