देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्याउछौं : मन्त्री अर्याल

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमूना कार्यालय घोषणा गर्नुभएको छ । मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत मालपोत कार्यालय वालिङलाई नमूना घोषणा गर्नुभएको हो ।
मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताउनुभयो । मालपोत र नापी कार्यालयको बिग्रिएको छवि बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउँदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको बताउनुभयो ।
सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उहाँले त्यसका निम्ति नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताउनुभयो । ‘सिस्टमबाट नै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेर नै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छौं’, मन्त्री अर्यालले भन्नुभयो, ‘हिजो २/३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिनेगरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुविधा दिएका छौं ।’
नमुना भन्दा २/४ ठाउँमा गर्ने भन्ने पनि हुनसक्ने भन्दै उहाँले यो सरकारको अभियान भएको भन्दै देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधिमैत्री सेवा पु¥याइने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्