झुलाघाट नाका केही दिनका लागि खोलिने

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका केही दिनका लागि खोलिने भएको छ ।

नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएको गुनासो आएपछि झुलाघाट नाका पाँच दिनका लागि खोलिन लागिएको हो । पर्सि मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । नाका खुलेका समयमा निवृत्तिभरणबाहका साथै अत्यावश्यक काम परेकाले समेत आवतजावत गर्न पाउने पनि सहायक प्रजिअ नेगीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढस्थित डीएम कार्यालयको समन्वयमा नाका खुल्न लागेको हो । कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । बैतडीमा मात्रै करीब १ हजार २ सय जना भारतीय निवृत्तिभरणबाहक रहेको अनुमान छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.