पिउने पानीको मुहानमा नै शव जलाउँदा समस्या

कास्की- पोखरावासीको खानेपानीको मुख्य स्रोत मर्दी खोला र सेतीनदी किनारमा स्थानीयले शव जलाउने काम नरोकेपछि पिउने पानीको शुद्दतामा आशंका उत्पन्न भएको छ ।

खोला किनारमा निर्माण गरिएका शवदाह गृह प्रयोगमा आउन नसक्दा  र खुला किनारमा नै शव जलाउँदा पोखरेलीहरुले खानेपानी फोहोर भएको भन्दै गुनासो गर्न थालेका छन ।

केही वर्ष अगाडि खानेपानीको शुद्दतालाई कायम गर्न भन्दै मर्दी खोला र सेतीमा पोखरा उद्योग बाणिज्य संघको पहलमा निर्माण गरिएका शवदाह गृहहरु प्रयोगमा आएका छैनन ।

मानिसहरुले शवलाई नदी र खोला किनारमा जलाएर अन्त्यष्टी गर्ने गरेका छन् । जसका कारण कतिपय अवस्थामा पोखरेलीले अगाँर पानी पिउनु पर्ने बाध्यता रहँदै आएको छ ।

शवदाह गृहमा शवको अन्त्यष्टी गरेको अहिलेसम्म नदेखेको सेती मर्दी दोभानमा दशकौँ वर्ष अघिदेखि मजदुरी गर्दै आएका मोरङका टेकबहादुर तामाङले बताउनुभयो ।

मानिसले बढी बुझेर वा नबुझेर के हो ?शवको सतगत शवदाह गृहमा गर्ने गरेका छैनन् ।यसको कडाइका साथ अनुगमन हुन आवश्यक छ- तामाङले भन्नुभयो । त्यसका साथै मलामीले घाटमा थप फोहोर गर्ने गरेको पनि उहाँले सुनाउनु भयो।

सेती र मर्दी खोलाका विभिन्न घाटमा त्यस क्षेत्रका धिताल, पुरन्चौर, लाहाचोक, घाचोक, रिभान, ल्वाङघलेल, धम्पुस, ढिकुरपोखरी, कास्कीकोट र हेमजावासीले शवदाह गर्ने गर्छन ।

त्यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिका जाने अधिकांस सवारी सम्बन्धित ठाउँमा पुल नहुँदा मर्दी खोलाबाटै गुडाउनुपर्ने बाध्यता छ ।जसबाट पोखरेलीको खानेपानी थप फोहोर हुने गरेको गुनासो स्थानीयको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.