स्वाब मापदण्ड अनुरुप नराखेको भन्दै स्टारसहित चार प्रयोगशालालाई स्पष्टिकरण

काठमाडौं– कोरोना परीक्षणको स्वाब मापदण्ड अनुरुप नराखेको भन्दै काठमाडौंस्थित स्टार अस्पताल लगायत पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालाहरुलाई स्वास्थ्य मन्त्रालयले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

नेपालबाट कोरोना नेगेटिभ भनी पठाइएका व्यक्तिहरु विदेशमा कोरोना पोजिटिभ फेला परेर वायु सेवा निगम कारबाहीमा परेपछि सरकारले छानबिन टोली गठन गरेको थियो । सो छानबीन टोलीले अध्ययन गर्दा ४ वटा प्रयोगशालाले स्वाब नमूना सुरक्षित नराखिकनै पीसीआर परीक्षणको रिपोर्ट दिएको पाइएको छ ।

पीसीआर स्वाबको नमूना नेगेटिभ भए १ महिना र पोजिटिभ भए ३ महिनासम्म सुरक्षित स्टोर गरी राख्नु पर्ने व्यवस्था ती प्रयोगशालाहरुले उल्लंघन गरेको पाइएको स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रयोगशालाहरुले आफूले जाँचेका नमूना तोकिएको अवधिभित्र राख्ने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय पनि गरिएको प्रवक्ता डा गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.