म्याद नाघेका करिब ३ करोड रुपैयाँ बराबरका उपभोग्य वस्तु बाणिज्य विभागद्वारा नष्ट (भिडियो)
काठमाडौं- बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले करिव ३ करोड रुपैयाँ बराबरको म्याद नाघेका उपभोग्य वस्तुहरु नष्ट गरेको छ ।
गत भदौ अन्तिम साता गरिएको बजार अनुगमनका क्रममा काठमाण्डौ कलंकीस्थित एउटा गोदामबाट बरामद गरिएका म्याद नाघेका २ करोड ९३ लाख रुपैयाँ बराबरका विभिन्न पेय तथा खाद्य सामाग्री नष्ट गरिएको हो ।
भारत घर भइ काठमाण्डौ बस्ने रोनक बोथराको गोदामबाट म्याद नाघेका खाद्य वस्तुमा रि-लेवलिङ गर्ने गरेको अवस्थामा ट्याङ जुसका प्याकेट, बिस्कुट, चकलेट तथा बर्नभिटा बरामद गरिएको थियो ।
ती सामाग्रीहरु नष्ट गर्न महानगरपालिकालाई दिइएको र सिसडोल ल्याण्डफिल साइटमा लगेर महानगरले सवै सामाग्री नष्ट गर्ने विभागका प्रवक्ता पारस मिश्रले जानकारी दिनुभयो ।
बिभागले बोथरा र धादिङका शंकर बयलकोटीलाइ ३ लाख रुपैयाँ जरिवाना सहित एकबर्ष कैद सजायको फैसला पनि गरेको छ । त्यसैगरी अन्य ६ जनालाइ प्रतिव्यक्ति ३ लाख १२ हजार जरिवाना गरेको छ ।-
प्रतिक्रिया राख्नुहोस्