विदेशमा दुःख गरेर फर्किएका युवा स्वरोजगार बन्दै (भिडियो रिपोर्ट)
झापा- लामो समय कोरोना कहरले विदेश आवातजावतमा समस्या भएसँगै विदेशबाट फर्किएका युवाहरु स्वरोजगार बन्ने क्रम बढेर गएको छ । विदेशमा दुःख गरेर फर्किएका युवाले अर्काको मुख ताक्नु भन्दा पनि पछिल्लो समय आँफै रोजगारी सृजनामा जुटेका छन् ।
झापाको दमक वडा नं. ३ मा ७ बर्ष कोरिया बसेर फर्कनु भएका प्रेमकुमार अधिकारीले २ बिगाह बाँझो जमिनलाई आकार्षक कृषि तथा पशुपंक्षी फर्म बनाएका छन् ।
अर्काको देशमा गएर दुःख गर्नुको सट्टा स्वदेशमै केही गर्न सकिन्छ भन्ने ध्येय अहिले आफूसँगै अरुलाई समेत रोजगार दिन सक्ने गरी बँदेल, तित्रा, टर्की, लोकल कुखुरा, माछा पालन लगायतको व्यवसायमा जुटेका छन् ।
यस्तै सोही वडाको सिमानामा पर्ने दुर्गम ग्रामिण क्षेत्र चुलाचुली ५ शिखरकटेरीमा विदेशबाटै फर्किएका अर्का युवा मदन भण्डारीले समेत १ विगाह जग्गामा बटाइ, तित्रा र लोकल कुखुरा फार्म संचालन थालेका छन् । पिछडिएको ग्रामिण क्षेत्रमा समेत फार्म संचालन गर्न थाले पछि रोजगारसँगै आम्दानी समेत हुन थालेको छ ।
सरकारले कृषिमा सहयोग गर्दै आएको सुनेको भए पनि पिछाडिएको ग्रामिण क्षेत्रमा काम गर्ने वास्तविक किसान माझ अहिलेसम्म कुनै पनि ऋण अनुदान पुग्न नसकेको युवा भण्डारीको दुखेसो छ ।
लामो लकडाउनले बेरोजगार बनेका युवाहरु पछिल्लो समय आँफै रोजगारीका अवसरहरु सृजना गर्ने कार्यमा जुटेका छन् । देशमै केही गर्छौं भन्ने यस्ता युवाहरु माझ सरकारले दिने अनुदान वा सहुलियत ऋण पुर्याउन सके कृषि उत्पादनमा आत्मानिर्भरसँगै समृद्ध देश निर्माणमा टेवा समेत पुग्ने उद्यमी युवाहरुको भनाइ छ ।-
प्रतिक्रिया राख्नुहोस्