चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा विशेष अभियान तीव्र, एकैदिन ३१ जना पक्राउ

चितवन- सुरक्षा संवेदनशिलतामा बृद्धि भएपछि चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरि (स्वीप अप्रेशन) विशेष अभियान तीव्र पारेको छ ।

विशेष गरि वर्षापछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत १ महिना अगाडीबाट सुरु गरेको विशेष अभियान तीव्र पारेको हो ।

विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातको समयमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्नेगरी अभियान सञ्चालन गरिएको छ । निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थनियले नै संरक्षण संवेदनशीलता नबुझ्दा समस्या आएको भन्दै कोर ईलाका प्रवेश गर्न निर्देशन पनि गरेको छ ।

संरक्षणका काम र कार्वाहीमा पछिल्लो समयमा राजनितिक दवावले समेत प्रभाव पारेको भन्दै सबै संरक्षण भावलाई थप जागरुक गर्न संरक्षणमा खलल पुर्‍याउने जो कोही पनि निरुसाहित गर्न संरक्षणकर्मीहरुले माग पनि गरेका छन् ।

यसैविच निकुञ्ज प्रशासन र बटुकदल गणको संयुक्त टोलीले भुसहरघाटदेखि अमलटारीघाटसम्मको क्षेत्रको नारायणी नदीमा रवरबोट मार्फत रात्रीकालिन डुङ्गा पट्रोल तथा स्वीप अपरेशनमा विभिन्न कार्वाही गरेको छ ।

निकुञ्जको कोर इलाकामा पर्ने नारायणी नदीको लामिचौर र डुंगाघाट क्षेत्रबाट माछा मार्नको लागि छाप्रो बनाई बन्दोबस्तीका साथ बसेका ३१ जना मानिसहरुलाई ९ वटा खोपुवा डुंगा, तियारी जाल १४, ढडिया, टर्चलाईट, प्लाष्टिकको पाल, खुर्पा, लत्ताकपडा, गुलेली, भाडाकुडा लगायतका सामाग्रीहरु सहित पक्राउ गरि निकुञ्ज प्रशासनलाई बुझाएको छ ।

यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा भएको गैडाको चोरी शिकारीको कारण सुरक्षा चुनौती बढेसँगै नियमित गस्तिहरु बढाउनुको अलावा बिशेष सैनिक कारवाहीहरु पनि संचालनमा ल्याएको छ ।

संवेदनशिल क्षेत्रहरुमा प्रविधिजन्य उपकरणहरु जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिमप्राप्त डगटिमको समेत प्रयोग गरि दैनिक गस्तीको कार्यहरु संचालन गर्दै आइरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.