पप्पु कन्ट्रक्सनले अलपत्र छाडेको पुल निर्माणको कामले गति लियो (भिडियो रिपोर्ट)

धादिङ- पप्पु कन्ट्रक्सनले अलपत्र अवस्थामा छाडेको धादिङको बैरेनीस्थित जिन्टेटारलाई स्यालटारसँग जोड्ने त्रिशुली नदीमाथिको मोटरेवल पुल निर्माणको कामले तीब्रता पएको छ ।

पुल निर्माणको काम पप्पु कन्ट्रक्सनले विचमा अलपत्र छाडिदिएपछि रसुवा कन्ट्रक्सनलाई जिम्मा सडक विभागले दिएको हो । पाँच वर्षअधि पप्पु कन्ट्रक्सनले सडक विभागसँग सो मोटरएवल पुल निर्माणको जिम्मा लिएको थियो ।

रसुवा कन्ट्रक्सनले पुल निर्माणको काम सुरु गरी अलपत्र अवस्थामा रहेको निर्माणको काम साठी प्रतिशत सम्पन्न गरी सकेको छ । अब भने सो स्थानमा छिट्टै पक्की मोटरएवल पुल निर्माण हुने भन्दै स्थानीयहरु खुसी भएका छन् ।

पप्पुले निर्माणको जिम्मा लिईएको चार वर्षमा एकापट्टीको पिल्लर मात्र गाडेर अलपत्र अवस्थामा पुल छाडिदिएको थियो । अहिले पुलको लागी आवश्यक चारओटा पिल्लर ठड्याई सकेको छ ।

पप्पु कन्ट्रक्सनले सो पुल सडक विभागसँग १८ करोडको लागतमा दुई वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने गरी जिम्मा लिईएको थियो ।

एक सय पचास मिटर लम्बाईको सो पुल निर्माण लगतै बैरेनीको जिन्टेटारटारदेखी स्यालटार सडक भएर राजधानी प्रवेशका लागी बैकल्पिक मार्ग निर्माणमा पनि सहज हुने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.