लाङटाङका पर्यटकीय होटेल सञ्चालनमा
रसुवा-कोरोना संक्रमित बढेपछि बन्द भएका रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल हिजोदेखि सञ्चालनमा आएका छन् ।
जिल्लामा कोरोना संक्रमण बढेपछि बन्द गरिएको होटेल व्यवसाय पछिल्लो समय संक्रमितको संख्या घटेसँगै खुला गरिएको हो ।
गएको १८ कात्तिकदेखि बन्द रहेका सबै होटेल सञ्चालनमा आएको लाङटाङका होटल ब्यबसायीहरुले बताएका छन ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको रिम्छे, लामा होटेल, रिभर साइड, घोडातबेला, गुम्बाडाँडा, लाङटाङ, मुन्डु र क्याङजिन गुम्बाका होटेल सञ्चानमा आएकोसमेत उनीहरुले जानकारी दिए ।
होटेल व्यवसाय सञ्चालनमा ल्याइसकेको र आफूहरू अब पर्यटकको स्वागतका लागि तयार रहेको लाङटाङका होटेल व्यवसायी दिण्डुप तामाङको भनाइ छ ।
मौसम सफा हुने र धेरै मनोरम दृश्याबलोकन हुने भएकाले यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्