ढोरपाटन शिकार आरक्षको कार्यक्रम सम्पन्न

रुकुम पूर्व- पुथा उत्तरगंगा गाउँपालिका केन्द्र तकसेरामा ढोरपाटन शिकार आरक्ष शाखा कार्यलयले आयोजना गरेको सिकार आरक्षको स्थानीय सरोकारवालाहरुसँगको समन्वय र प्रस्तावित मध्यवर्ती क्षेत्र विस्तार सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) विरेन्द्रप्रसाद कंडेल, पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख ओमप्रकाश घर्तीमगर, उप-प्रमुख ओमकुमार शाही मल्ल, स्थानीय जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बुढाक्षेत्री, ढोरपाटन सिकार आरक्ष पिडित संघर्ष समितिका अध्यक्ष सुरेन्द्र पुनमगर, नेपाली काङ्ग्रेसका पुथा उत्तरगंगा गाउँपालिका सभापति काजिमान घर्तीमगर, नेपाल विद्यार्थी संघ रुकुम पुर्वका सभापति सुमन बुढामगर लगाएत विभिन्न राजनीतिक दलका स्थानीय नेता र स्थानीयको उपस्थितिमा कार्यक्रम भएको थियो ।

२०३९ सालमा स्थापना भएको शिकार आरक्ष रुकुम पुर्व, बाग्लुङ र म्याग्दीमा गरी १ हजार ३२५ वर्ग किलोमिटरमा फैलिएको छ ।

रुकुम पुर्व ६०% बाग्लुङ २७% र म्याग्दीको १३% भूभाग यसले ओगटेको छ ।

यहाँ लोपोन्मुख जन्तु हाब्रे (Red Panda), नाउर, जारल, रतुवा मृग, कस्तुरी, दुम्सी, स्याल, हिमाली भालु, डाँफे, कालिज, लगाएतका वन्यजन्तु तथा पंक्षीहरु पाइन्छन ।

सिकार आरक्षले सिमाना भित्र तारबार गरेर वस्ती स्थानान्तरण किन गर्छ बन्ने प्रश्नमा तराईका जिल्लामा वनजङ्गल धेरै वस्ती निश्चित ठाउँमा  रहेका र हिमाली जिल्लामा वस्ती छरिएर रहेकाले तारबार र वस्ती स्थानान्तरण गर्न संभव नरहेको प्रमुख अधिकृत कंडेलले प्रष्ट पार्नुभयो ।

प्रमुख कंडेलको स्थानीयले भोगचलन गर्दै आएका थाकथलो र खर्क निर्बाध रूपमा उपभोग गर्न पाउनेछन् भन्ने जवाफमा यहाँका मुलबासीहरुको जल, जमिन र जङ्गलको सम्बन्ध मानव श्रृष्टिदेखि रहदै आएकाले भर्खरै २०३९ सालमा स्थापना भएको आरक्षले कुन्ठित पारेर हलचल गर्न नदिएको पिडित समिति अध्यक्ष पुनले बताउनुभयो ।

स्थानीयको सहकार्य, समन्वय र सहमतिमा मात्रै मध्यवर्ती क्षेत्र घोषणा गरिने संरक्षण अधिकृत कंडेलले बताउनुभयो ।

संयुक्त राष्ट्र संघमा नेपाल पक्ष राष्ट्र भएकाले अन्तर्राष्ट्रिय श्रम संगठन १६९ लाई टेकेर मात्रै काम गर्न संघर्ष समितिका अध्यक्ष पुनले सुझाव दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.