बाइडनको टिममा महत्वपूर्ण जिम्मेवारी कस–कसलाई ?

न्यूयोर्क– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्नु अघि ६ वटा महत्वपूर्ण पदका लागि छनौट गर्नुभएका अधिकारीहरुको नाम सार्वजनिक गर्नुभएको छ ।

बाइडनले सम्बोधनका क्रममा अमेरिका संसारलाई नेतृत्व गर्न तयार रहेको बताउनु भयो । बाइडनले राष्ट्रिय इन्टेलिजेन्समा पहिलोपटक महिला निर्देशक एभ्रिल हेन्स छनौट गर्नु भएको छ । यसैगरी आन्तरिक सुरक्षा सम्बन्धी निकायको प्रमुखमा पहिलोपटक ल्याटिन अमेरिकी अलज्याण्ड्रो मायोकार्स छानिनु भएको छ ।

राष्ट्रपति निर्वाचित बाइडनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र जलवायु परिवर्तनका विषयमा गम्भीरतापूर्वक काम गर्नुपर्ने पनि बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.