थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज

काठमाडौं– कोरोना भाइरसबाट थप १९४८ जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३१४० जना डिस्चार्ज भएका छन् । नेपालमा किनो हुनेको दर ९२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३८९ जना रहेको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित भएका छन् । काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना संक्रमित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.