काभ्रेको डाँडापारिमा सुविधासम्पन्न विद्यालय भवन

काभ्रे– जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं. ५ चारकिल्लामा भूकम्पले क्षति पुर्‍याएको विद्यलायको नयाँ सुविधासम्पन्न भवन निर्माण कार्य सम्पन्न पश्चात विद्यलायलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नुभएको विद्यलाय भवन निर्माण कम्पनीबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा)लाई हस्तान्तरण गर्दै क्रमश गाउँपालिका र गाउँपालिकाले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बोल्नुहुँदै कार्यकारी अधिकृत ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले साना बालबालिकाहरुको भविश्य उज्ज्वल बनाउने र भोलिको लागि दक्ष जनशक्ति उत्पादन गर्ने काम त्यहीको भूगोलबाट गर्नुपर्ने भएको हुनाले त्यसको लागि सबै तहका सरकारहरु मिलेर शैक्षिक गुणस्तरतर्फ अगाडी बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य रत्न ढकालले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर जनताको आवश्यक विकास निर्माणको भौतिक पूर्वाधारलाई क्रमशः पूरा गर्दै जाने दिशामा अघि बढिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको भौतिक संरचनाहरु निर्माण गरेपनि अरु थुप्रै चुनौतीहरु रहेको बताउनुभयो ।

केन्द्रीय आयोजना कायान्वय इकाई (शिक्षा)का आयोाजना निर्देशन रामशरण सापकोटाले बनेको भब्य भवनलाई उचित रुपमा सदुपयोग गर्न विद्यलाय परिवार र अभिभावहरुलाई आग्रह गर्नुभयो । भवन त पाउनुभयो, अब शिक्षामा अगाडि बढ्नुपर्ने विद्यार्थी भर्ना दरमा बृद्धि, पठनपाठनमा ध्यान र गुणस्तर शिक्षा प्रदान गर्ने दिशामा अगाडी बढ्न मेहनत गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिका दुर्गम भएको कारण पनि विद्यालयका भवनहरु निर्माण गर्न मोटरबाटो नभएको कारण सामग्री ढुवानी गर्न नसकेर ढिलाई भइरहेको अवस्थामा पालिकाले मोटरबाटोको ब्यवस्थापन गरेसंगै विद्यालय भवनहरु पुनःनिर्माणको काम द्रुत गतिमा अगाडी बढेको बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन ईकाइ(शिक्षा) काभ्रेपलाञ्चोकका प्रमुख देवकुमार बरालले ५८७ वडा विद्यालय रहेकोमा कतिपय विद्यलाय गाभिसकेको कारण जिल्लाको करिब ९० प्रतिशत विद्यालय भवन निर्माण भइसकेको बताउनुभयो । अहिलेसम्ममा ५ सय ३७ वटा विद्यलाय भवनहरु निर्माण भइसकेको र कतिपय निर्माणको अन्तिम चरणमा रहेको बताउनुभयो ।

नेपाल सरकारको लगानी र दातृ निकाय एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा करिब ११ करोड निर्माण गरिएको सो भवन डाँडापाािर क्षेत्रको नै अहिलेसम्मको सुविधा सम्पन्न भवन हो । भवन पाएपछि विद्यार्थीहरु खुशी भएका छन् ।

यसैबीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नमोबुद्ध नगरपालिका वडा नं. ८ दाप्चामा रहेको श्री दाप्चा माध्यमिक विद्यलायको नव निर्मित विद्यलाय भनको अनुगन गर्नुभएको छ । नेपाल सरकारको लगानी र दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भएको सो विद्यलाय भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.