बेपत्ता बाल पथ प्रदर्शक राहुल साहनी फेला

कपिलवस्तु– बेपत्ता भएका कपिलवस्तु नगरपालिका– ६ तिलौरीका १३ वर्षीय बाल पथ प्रर्दशक राहुल साहनी २४ दिन पछि फेला परेका छन् ।

घरमा बुवा रिन्कुसँग विद्यालय जाने बिषयमा सामान्य कुरामा रिसाएर गत कार्तिक १७ गते भारतको नासिक भागेर गएका थिए । कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिका ८ चरिगवा वर्ष १९ का मुम्बई बस्ने राकेश निषादले नेपाल टेलिभिजनमा राहुल हराएका समाचार हेरेपछि उनको खोजबिन गरि पत्ता लगाएर उनलाई आज शोरहतगढ सम्म पठाएका छन् ।

त्यहाबाट बुधबार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीले राहुल मर्यादपुर क्षेत्रमा भेटिएको र परिवारको जिम्मा लगाइएको बताउनुभएको छ ।

विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ वर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।

राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको अढाई वर्ष भएको थियो । उनी १ सय भन्दा बढी पत्रकार लगायत विभिन्न उच्च अधिकारीलाई समेत गाइड गरि सकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.