भारतका विदेश सचिव हर्षबर्द्धन श्रृंगला काठमाडौंमा

काठमाडौं- भारतका विदेश सचिव हर्षबर्द्धन श्रृंगला नेपालको दुई दिने औपचारिक भ्रमण अन्तर्गत आज नेपाल आइपुग्नुभएको छ ।

उहाँ आज बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ  उत्रनुभएको हो ।

आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री  केपी  शर्मा  ओली, परराष्ट्रमन्त्री  प्रदीपकुमार  ज्ञवाली लगायतका उच्च अधिकारीसँग  शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । साथै  प्रमुख  विपक्षी  दल  नेपाली  काँग्रेस लगायत दलका  उच्च नेतासँग भेट गर्नुहुने  जनाइएको  छ ।

भ्रमणकै क्रममा उहाँले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड-१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण  गर्नुहुनेछ।

विदेशसचिव श्रृंगलाले भ्रमणका क्रममा आज परराष्ट्र  सचिव भरतराज  पौडेलसँग  भेट गर्नुहुनेछ । यस द्विपक्षीय भेटमा नेपाल-भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुनेछ ।

विशेषगरी उहाँको यो भ्रमण नेपाल-भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने  विषयमा परामर्श हुनेछ ।

नेपाल र भारतका  परराष्ट्रमन्त्रीले  नेतृत्व  गर्नुहुने आयोगको छैटौँ  बैठक अर्को महिना भारतको नयाँ दिल्लीमा गर्ने तयारी  भइरहेको छ । विदेश सचिव श्रृंगला भोलि स्वदेश फर्कनुहुने कार्यक्रम छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.