विद्युतीय शवदाह गृह निर्माणमा स्थानीयको अबरोध

कास्की- पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको विद्युतीय शवदाह गृह निर्माण कार्यमा स्थानीयले अवरोध गरेका छन् ।

पोखरा-१०, रामघाटमा निर्माण गर्न लागिएको शव दाह गृह निर्माणपछि विभिन्न प्रतिकुलता आउने भन्दै स्थानीय बुद्दचोक वातावरण सुधार समितिले त्यसको विरोध गरेको हो ।

समितिले शवदाह गृह निर्माण गर्नु आफैमा राम्रो भएपनि बीच शहरमा निर्माण गर्न खोज्नु दुभाग्यपूर्ण भएको जनाएको छ ।जसका कारण धेरै नै प्रदुर्षण हुने र बन पनि मासिने भएकोले वातावरण सुधार समितिका अध्यक्ष सम्झना अधिकारीले कुनैपनि हातलमा रामघाटमा विद्युतीय शवदाह गृह बन्न नदिने जिकिर गर्नुभयो ।

यता सोही विषयलाई लिएर पोखरा महानगरपालिकाले भने स्थानीयको राय बुझी समाधानको बाटो पहिल्याउन पोखरा- १९ का वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजिकरण समिति गठन गरेको छ।

 महानगरपालिकाले स्थानीयको आवाज अस्वभाविक भएको ठहर गर्दै वार्ता र संवाद मार्फत निकास निकाल्न पनि आग्रह गरेको पोखरा- १० का वडाध्यक्ष राजकुमार गुरुङले बताउनुभयो।

गत २०७६ भदौ २३ गतेबाट सुरु उक्त आयोजना २ वर्षभित्र सम्पन्न हुनुपर्नेमा गत माघबाटै स्थानीयले विरोध गर्दै आएका छन्। जसका कारण निर्माण कार्य पूर्ण रुपमा प्रभावित वनेको छ । हालसम्म १० प्रतिशत भन्दा बढी काम हुन सकेको छैन ।

१७ करोड ६ लाख ७७ हजार ६ सय २८ रुपैयाँको कुल लागतमा शवदाह गृह निर्माणको जिम्मा काठमाण्डौं कुलेश्वरस्थित सिनर्जो बिल्डर्स प्रा.लिले पाएको थियो।

शवदाह गृह निर्माण रोक्नुपर्ने मागसहित उच्च अदालत पोखरा र सर्बोच्चमा मुद्दा समेत परेको छ । जसमध्ये अव सर्वोच्चको मुद्दा मात्रै किनारा लाग्न बाँकी छ ।उच्च अदालतले भने निर्माणमा कुनै अवरोध नगर्न स्थानीयलाई आदेश दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.