भारतीय विदेश सचिव दिनभर भेटघाटमा

काठमाडौं– नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला बिहीबार दिनभर भेटघाट र कार्यक्रममा व्यस्त हुनुभएको छ ।

श्रृङ्गलाले बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा परराष्ट्र सचिव भरतराज पौडेलसँग द्विपक्षीय भेट गर्नुभएको छ । त्यसअघि उहाँ बिहीबार नै काठमाडौँमा नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी हुनुभयो ।

बिहीबार बिहान ११ बजे काठमाडौं ओर्लनुभएका श्रृङ्गलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत सरकारको तर्फबाट दुई हजार थान रेम्डेशिभिर खोप हस्तान्तरण गर्नुभयो ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

तस्बिरहरुः रोशन सापकोटा/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.