फेरियो माझी समुदायको दैनिकी

स्याङ्जा- स्याङ्जाको पुतलीबजार भित्र बसोबासर गर्दै आएका अल्पसंख्यक जातका माझी समुदायको दैनिकी परिवर्तन हुन थालेको छ ।

आँधी खोलाको छेउछाउमा माछा मार्ने ढुङ्गा गिटी कुटेर गुजारा गर्दै आएका यी समुदायलाई नगरपालिकाले व्यवसायिक कुखुरा पालन गरेसँगै उनीहरुको दैनिकीमा परिवर्तन आएको हो ।

खोलाको छेउछाउ बस्न र माछा मार्न औधी रुचाउने माझी समुदायको पेशा संकटमा पर्न थालेपछि पुतलीबजार नगरपालिकाले यी समुदायको दैनिकीमा परिवर्तन ल्याएको छ ।

अहिले पुतलीबजार १३ का २४ घरधुरीका १०५ जना माझी समुदाय कुखुरा पालनतर्फ आकर्षित हुन थालेका छन् ।

नगरपालिकाले यस्ता समुदायको पहिचान गर्दै कुखुराको खोर , चल्ला , आवश्यक पर्ने औजार , दाना र औषधि वितरण गरेपछि उनीहरुको दैनिकीमा परिवर्तन आएको हो ।

परम्परागत पेशा भन्दा आधुनिक पेशासँग जोडाउन नगरपालिकाले आवश्यक परिवारलाई घर , बाटो  र खोर बनाइदिएपछि यी समुदाय खुशी भएका छन् ।

पुतलीबजार नगरपालिकाको कार्यालयबाट अल्पसंख्यक माझी समुदायलाई  आर्थिक तथा प्राविधिक सहयोग गरेसँगै उनीहरुको मुहार फेरिने नगरप्रमुख सिमा क्षेत्रीले बताउनुभयो ।

माझी बस्तीमा खरले छाएका पुराना घरहरु अहिले जस्ताले छाएपछि उनीहरुले आफ्नो जिवनस्तर उकासिएको महसुश गरेका छन् ।

स्याङ्जाको कालिगण्डकी र आँधिखोलाको छेउछाउमा यी समुदायको बाक्लो बसोबास रहँदै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.