अछाममा बस दुर्घटना, १ जनाको मृत्यु, १७ जना घाइते

अछाम- अछाममा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक कार्यालय अछामका देबेन्द्र खड्काका अनुसार मंगलसेनदेखि धनगढीतर्फ गइरहेको ना ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन ।

दुर्घटनामा परेको यात्रुबस र उद्दारमा सहभागी स्थानीय

जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा भएको क्षतिबारे थप विवरण आउन बाँकी छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.