नक्कली नोट बनाएको आरोपमा तीन पक्राउ

कञ्चनपुर- नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।

त्यसैगरी प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा गत कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरेको छ ।

फरार रहेका साउदलाई प्रहरी टोलीले यहाँको बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो । सो घटनाका तीनजना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.