अधिकांश स्थानीय तहमा एकैपटक आधारभूत अस्पताल भवन शिलान्यास

दुई वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य

काठमाडौं- सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल भवनको शिलान्यास गरेको छ ।

आधारभूत अस्पतालका लागि जग्गा प्राप्त गरिसकेका स्थानीय तहमा अस्पताल निर्माणका लागि आज एकैपटक शिलान्यास गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जग्गा प्राप्त नभएका स्थानीय तहहरुले यसै आर्थिक वर्षको अन्त्यसम्ममा अस्पताल निर्माण सुनिश्चित गर्नुपर्ने भएको छ ।

सबै नागरिकको पहुँचमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउन लागेको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख भएअनुरुप पहिलो चरणमा देशभरका २५० भन्दा बढी स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न सोमवार शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

देशका ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न सोमवार एकैपटक शिलान्यासको कार्यक्रम तय गरिएको हो ।

तीमध्ये केहीमा आफ्नै जग्गा नभएका कारण सोमवार शिलान्यास हुन नसकेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।

शिलान्यास गर्न बाँकी सबै स्थानीय तहलाई चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माणको वातावरण बनाउन सरकारले निर्देशन दिइसकेको छ । अब प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण हुनेछन ।

अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ ।

नागरिकलाई आधारभूत गुणस्तरीय स्वास्थ्यसेवा पुर्याउने लक्ष्य लिएर सोमवार देशभर भएको कार्यक्रममा सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गर्नुभयो ।-

 

 

 

भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई आइतबार भरतपुरमा सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा बन्ने १५ शैयाको अस्पताल उद्घाटन समारोहमा मन्तव्य राख्दै कञ्चनपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य नरबहादुर धामी ।
नागार्जुन नगरपालिका–७ स्थित बतासेपाखामा निर्माण हुन लागेको १५ श्ययाको रामकोट आधारभूत अस्पतालको शिलान्यास कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, नागार्जुन नगरपालिकका प्रमुख मोहन बस्नेतलगायत ।
डोटीको दिपायल सिलगढी नगरपालिका–५ बागफाँटामा निर्माण गरिन लागेको ५० शययाको सरुवा रोग अस्पतालको शिलान्यास गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट ।
मकवानपुरको थाहा नगरपालिकामा निर्माण हुन लागेको १५ शय्या अस्पताल भवन शिलान्यास गर्दै मकवानपुरका सङ्घीय सांसद विरोध खतिवडा र प्रदेश सांसद कुमारी मोक्तान । साथमा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट ।
lकेटिएम हस्पिटालिटीद्वारा निर्माण गर्न लागिएको द फरेष्ट फ्रन्ट नामक होटलको सोमबार सौराहामा शिलन्यास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव ।
मकवानपुरको थाहा नगरपालिकामा निर्माण हुन लागेको आधारभूत अस्पतालको शिलान्यासका क्रममा शङ्ख फुक्दै ब्राह्मण ।
सूर्यविनायक नगरपालिका–८ स्थित जगातीमा सूर्यविनायक नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको ५० शय्याको अस्पताल भवनको सोमबार शिलान्यास गर्दै पूर्वमन्त्री एवं सङ्घीय सांसद महेश बस्नेत ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.