रुसमा पनि कोरोना विरुद्धको खोप प्रयोगको अनुमति

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप ठूलो संख्यामा आम सर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिनुभएको छ ।

रुस विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकै पहिलो मुलुक बन्ने दौडमा रहेको छ । बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिए लगत्तै रुसी राष्ट्रपति पुटिनले भिडियो कन्फ्रेन्स मार्फत् अधिकारीहरुलाई आम रुसमा खोप कार्यक्रम संचालन गर्न निर्देशन दिनुभएको हो ।

बेलायतले हिजो मात्रै कोरोना विरुद्धको खोप आकस्मिक प्रयोगका लागि आगामी हप्ताबाटै फाइजर र उसको साझेदार बायोएनटेकलाई अनुमति दिएको हो ।

रुसमा हालसम्म कोरोना भाइरसका कारण २३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ४१ हजार बढी छ । रुसी राष्ट्रपति पुटिनले रुसले बनाएको कोरोना विरुद्धको खोप स्पुतनिक-५ ले कोभिड-१९ को संक्रमण रोक्न सहयोग गर्ने बताउनु भयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.