चिसो बढेसँगै हिमपातबाट बच्न रसुवामा पूर्व तयारीका काम शुरु

रसुवा- हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै यसबाट हुन सक्ने क्षतिका लागि पूर्व तयारी सुरु गरिएको छ ।

जिल्ला विपत् व्यवस्थापन समिति रसुवाले उच्च क्षेत्रमा बसोबास गर्ने दीर्घ रोगी, बृद्दबृद्दा, अशक्त्त तथा बालबालिका लगायतमा चिसो तथा हिमपातबाट पर्नसक्ने असरको जोखिम र त्यसको क्षतिलाई कम गर्न पूर्वतयारी सुरु गरिएको हो ।

अत्यधिक चिसो तथा हिमपातबाट मानबीय क्षति न्यूनिकरणका लागि जिल्लाको पाँचवटा गाउँपालिकाका उच्च स्थान तथा ५०३ घरपरिवार प्रभावित हुन सक्ने अनुमान गरी जाडोको समयमा आगो ताप्ने प्रयोजनका लागि एक हप्ते प्याकेजमा सुकेको दाउरा संकलनको व्यवस्था, न्यानो कपडा वितरण गर्ने व्यवस्था तथा हिमपहिरो जान सक्ने सम्भावित क्षेत्रहरुका बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्ने ब्यबस्था मिलाइएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनु भयो ।

प्रभावकारी कार्यान्वयनका लागि जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय विपत् व्यवस्थापन समिति, जिल्लास्थित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चार क्षेत्र, पत्रकारहरूलाई समन्वयात्मक रूपमा परिचालन गरिने गरी पूर्वतयारी कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

प्रभावित हुन सक्ने स्थानहरूमा गोसाइँकुण्ड गाउँपालिकाको थुमन, नागथली, सिंगगुम्बा, आमाछोदिङमो गाउँपालिकाको ठूलो हाकु, नेसिङ, गतलाङ नौकुण्ड गाउँपालिकाको सिमबन्दी, साङगुल, दोक्लाङ, क्षेत्र रहेको छ ।

जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजिन, गोसाइँकुण्ड, धुन्चेको लेक, थुमन, गत्लाङ, ठूलोहाकु, ग्रे, वृद्धिम, यार्सा लेक, चोलाङपाटी, लौरीबिना, नागथली, चन्दनबारी लगायतका विभिन्न स्थानहरुमा बर्षेनी बाक्लो हिमपात हुने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.